२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दशैंमा सोकोन नेपालले ल्यायो ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर

शुक्रवार , आश्विन १०, २०८२

काठमाडाैं । यो दशैंमा सोकोन नेपालले खुशियालीको पर्वलाई अझ विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ। ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्नेछन्।

यस अफर अन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउनेछन्। यी उपहारहरूले दशैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै सोकोन ईभी भ्यानमा भ्याल्यु पनि थप्नेछन्।

ईभी भ्यान बुकिङ गर्दा ग्राहकलाई सामसुंग ग्यालेक्सी A07 (6+128GB) स्योरशट उपहारका रूपमा दिइनेछ। यसले ग्राहकलाई सजिलै बुकिङ गर्न र चाडपर्वको तयारी गर्न सहयोग पुर्‍याउने छ।

कम्पनीका अनुसार यस स्किममा १ वर्षको फुल-इन्स्योरेन्स (अटो प्लस) समावेश छ जसले नयाँ भ्यानमा निश्चिन्तताको अनुभव दिन्छ। साथै, क्यासलेस इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध छ, जसले इन्स्युरेन्स क्लेम गर्न झन् सजिलो बनाउँछ।

विशेष दशैं अफरको फाइदा स्वरूप यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्नेछ जसले गर्दा ग्राहकलाई चाडपर्वको बेलामा थप आर्थिक बोझबाट मुक्त बनाउनेछ। यो भनेको गाडी किन्न सजिलो र फाइदाजनक बनाउने सोकोनको प्रतिबद्धताको केवल एक झलक भएकाे कम्पनीले जनाएकाे छ।

कम्पनीका अनुसार यो चाडपर्व अफर केवल उपयोगी सुविधा दिन मात्र नभई चाडपर्वलाई झन् उत्साहपूर्ण बनाउन ल्याइएको हो। उपहार, इन्स्योरेन्स र फाइनान्सको सहजता मिसाएर सोकोनले ग्राहकलाई आधुनिक मोबिलिटी र दिगो यातायातको साथमा दशैं मनाउने अवसर दिएको छ।

यस लिमिटेड-टाइम फेस्टिभ अफरको फाइदा उठाउन सोकोनले सबैलाई हार्दिक निमन्त्रणा गरेकाे छ। यो दशैंलाई साँच्चै यादगार बनाउन नजिकैको सोकोन शो–रुममा पुग्नुहोस् र उपहारसहित नयाँ ईभी भ्यान घर ल्याउन र थप जानकारीका लागि ९८०२३७५४२१, ९८०२३४०६७१ सम्पर्क गर्न कम्पनीले अनुरोध गरेकाे छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ