२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रविमाथि अघिल्लो भन्दा बढी अहिलेको सरकारले अत्याचार गर्यो : निकोलस भुसाल

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । अभियन्ता निकोलस भुसाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न ३ दिनदेखि कारागार धाईरहेका छन् । उनले सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले रविलाई भेट्न ३ दिनदेखि खोजिरहेको तर अनुमति नपाउँदा भेट्न नपाएको बताएका हुन् ।

उनी आज पनि रविलाई भेट्न दिनभरी कारागारमै थिए । तर भेट्न नपाएपछि साँझ फर्केका हुन् ।

उनले रविलाई भेटेर देशको बर्तमान स्थिति र आगामी योजनाबारे उनको धारणा बुझ्न खोजेको र समसामयिक छलफल गर्न खोजेको बताएका थिए ।

रविलाई भेट्न नपाउँदा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति आक्रोश पोखे । उनले रविमाथि अघिल्लो (केपी ओली) सरकारले भन्दा पनि बढी अत्याचार अहिलेको सरकारले गरेको आरोप समेत लगाए ।

बालेनलाई रवि बाहिर निस्किए आफू पछि पर्छु भन्ने डर रहेको भुसालको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार