काठमाडौं । लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चार जना बेरिङ खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन्। १६ जनाको समूहबाट खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएकोमा चार जना सम्पर्कमा आएका छन् भने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ अझै बेपत्ता छन्।
प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो ।
शुक्रबार ट्रेकिङका लागि हिँडेको टोली शनिबार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सामा दुर्घटनामा परेको थियो। वर्षाले बढेको खोल्सा पालैपालो तर्ने क्रममा मान्छे बगेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
उक्त स्थानमा सवारी मार्ग नरहेकाले खोजी कार्यमा ढिला हुन गएको छ ।
प्रतिक्रिया दिनुहोस