२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

मौसममा सुधारसँगै त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । निरन्तर वर्षाका कारण हिजोदेखि रोकिएका आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम आंशिक सुधार भएपछि देशका विभिन्न ठाउँमा उडान सुचारु गरिएको हो।

काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरतर्फका उडान आज बिहान भइसकेको छ। यस्तै, पोखरा र सुर्खेत क्षेत्रमा पनि मौसम उडानका लागि उपयुक्त देखिएपछि ती गन्तव्यतर्फ उडान सुरु गरिएको छ। हिजोको खराब मौसमका कारण देशभरका आन्तरिक उडान स्थगित भएका थिए।

मौसमविद्हरूका अनुसार देशका पहाडी र तराईका केही भागमा वर्षा क्रमशः कम हुँदै गएपछि हवाई मार्ग सञ्चालन सहज बनेको हो। यद्यपि पूर्वी र मध्य पहाडी क्षेत्रका केही गन्तव्यमा अझै आंशिक जोखिम रहेको बताइएका छन्।

अर्कोतर्फ, अन्तर्राष्ट्रिय हवाई उडान भने हिजो बेलुकादेखि नै नियमित रूपमा सञ्चालन भइरहेका छन्। मौसमजन्य असरले आन्तरिक उडान मात्र प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ।

विमानस्थल कार्यालयले यात्रुहरुलाई यात्रा अघि सम्बन्धित एयरलाइन्ससँग पुनः समय सुनिश्चित गर्न आग्रहसमेत गरेको छ। आवश्यकताअनुसार थप उडान र स्थगनसम्बन्धी सूचना जारी गरिने कार्यालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट