२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ओली–लेखकलगायतलाई तत्काल पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान सुरु

सोमवार , आश्विन २०, २०८२

काठमाडौँ । पूर्व प्रमानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा कांग्रेक नेता रमेश लेखकलगायतलाई तत्काल पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान सुरु भएको छ ।

उनीहरुलाई ‘हत्यारा’ भन्दै तत्काल पक्राउ गर्न माग गरिएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका थिए । त्यतिबेला ओली नेतृत्वकै सरकार थियो ।

जेनजी अभियानता तथा नेपाल अभियानका संयोजक सुदन गुरुङले समेत सामाजिक सञ्जालमा पोस्ट गर्दै ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

उनीहरुलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो ।

पोस्टरमा ओली र तत्कालीन गृहमन्त्री लेखकको फोटो राख्दै उनीहरुलाई ‘हत्यारा’ भनिएको छ ।

साथै, जेनजीहरुको यस अभियानमा ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट