२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ओली–लेखकलगायतलाई तत्काल पक्राउ गर्ने पक्षमा गृहमन्त्री

मंगलवार , आश्विन २१, २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई तत्काल पक्राउ गर्ने पक्षमा देखिएका छन् ।

भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारबाट धेरै प्रदर्शनकारीहरूको हत्या भएको भन्दै जेनजी प्रतिनिधिहरूले सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न अभियान चलाइरहेका बेला गृहमन्त्री पनि उनीहरुलाई पक्राउ गर्ने पक्षमा देखिएका हुन् ।

सोमबार साँझ जेनजी अभियानता सुदन गुरुङसहितको टोली ओली–लेखकविरुद्ध काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी नै लिएर पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गरेन ।

त्यसपछि सोमबार राति नै प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा गृहमन्त्री ओम प्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल पनि गरेकी थिइन् । उक्त छलफलमा प्रहरीले जाहेरी दर्ता गर्न केन्द्रीय सुरक्षा समितिको लिखित आदेश आवश्यक पर्ने बताएको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री अर्यालले आज (मंगलबार) नै पक्राउ गर्न मिल्दैन ? भन्दै प्रहरीलाई प्रश्न समेत गरेका थिए । तर प्रहरीले यसमा ठोस जवाफ नदिएको बताइएको छ ।

जेनजीहरुको चर्को दवाव बढेपछि सरकार अहिले निरन्तर छलफलमा छ ।

जेनजी आन्दोलनको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा छानबिन आयोग बनेको छ ।

तर अहिले ओली, लेखकलाई तत्काल पक्राउ गर्न जेनजीहरुको दवाव बढ्दा आयोगको प्रतिवेदन कुर्ने कि तत्काल ‘एक्सन’ लिने भन्ने विषयमा निर्णय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट