काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।
जेनजीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने तयारी गरेसँगै अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध किटानी जाहेरी दिने भएको हो ।
जेनजी आन्दोलनमा ‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर जान लागेका हुन् ।
सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरुको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गर्दै जाहेरी दिने तयारी गरिएको छ ।
सुदन गुरुङको समूहले पनि ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै उनीहरुविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ । जेनजी समूले ओली, लेखकलाई पक्राउको माग गर्दै सामाजिक सञ्जालमा पनि अभियान चलाएका छन् ।
प्रतिक्रिया दिनुहोस