२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

क्षतिग्रस्त कार्यालय मर्मतमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

बुधवार , आश्विन २२, २०८२

दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षतिग्रस्त सरकारी कार्यालय मर्मतमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएका तनहुँका कार्यालयको आज निरीक्षणपश्चात् मुख्यमन्त्री पाण्डेले कार्यालयको मर्मत र पुनर्निर्माणमा प्रदेश सरकारले सबैसँग सहकार्य र समन्वय गर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले कार्यालयको हालको सेवा प्रवाहको अवस्था, नागरिकले भोग्नुपरेका सास्ती, सेवा प्रवाहमा भएका समस्यालगायत बारेमा सम्बन्धित कार्यालयका प्रमुखसँग छलफल गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, सरकारी वकिलको कार्यालय, डिभिजन वन कार्यालय, व्यास नगरपालिकाको निरीक्षण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कठिन परिस्थितिका बाबजुद पनि कार्यालयले सेवा प्रवाह सुरु गरेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट