२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

तीन निकायमा मन्त्री पुनको बेग्ला-बेग्लै छलफल, पाठ्यक्रम परिमार्जन र संविधानको ज्ञानलाई समेट्न निर्देशन

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रलाई आवश्यक निर्देशन दिएका छन् । बुधबार यी तीन निकायमा बेग्ला बेग्लै छलफल गरी आवश्यक निर्देशन दिएका हुन् ।

पाठयक्रम विकास केन्द्र अवलोकन र त्यहाँका पदाधिकारीसँगको छलफलपछि उनले मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिन निर्देशन दिएका हुन्।

आगामी वर्षदेखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोही अनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन दिएको पनि उनले फेसबुकमार्फत उल्लेख गरेका छ ।

मन्त्री पुनले बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसमेत अवलोकन गरेका थिए। नास्टमा २ घण्टा छलफल गरी एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिने निर्देशन दिए । नास्टका ल्याबहरू उच्चकोटीको भएकोले काम पनि उच्चकोटीकै हुनुपर्ने उनले बताए ।

त्यस्तै उनले शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा पनि बुधबार नै अवलोकन गरेका छन्। त्यहाँ आफूले तीन घन्टासम्म छलफल गरेको उनले बताएका छन्।

‘शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरूको नियुक्ति गर्न देशैभरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामाग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने,’ आफूले निर्देशन दिएको कुरा उनले फेसबुकमार्फत उल्लेख गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट