काठमाडौं । सरकारले पूर्वपदाधिकारीलाई मापदण्ड भन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जसमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि सरकारले फिर्ता गरेको छ ।
गृहमन्त्रीस्तरीय निर्णयले ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गरेको हो ।
राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहमन्त्रालयमा आज दिउसो बैठक बसेको हो ।
बैठकमा समितिका सदस्य एवम गृहसचिव रामेश्वर दंगाल, रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल, नेपाली सेनाका बलाधिकृत रथी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र समितिका सदस्य सचिव एवम मन्त्रालयका सहसचिव आनन्द काफ्लेलगायत सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस