२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला, पहिलो दिन ग्राहकको उत्साहकजनक सहभागिता

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामीर सेरेसका आधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ ।

आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको छ । ग्राहकहरु दिपल, अवतार, नामीर सेरेसका इभीहरुमा ग्राहक झुमिरहेका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए ।

एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्नेछन् । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामीर सेरेस जस्ता नेपालकाशिर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् । यो कार्यक्रममा बुकिंग गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनेछन् ।

एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ । काठमाडौं बाहेक नेपालभरका दिपल, नामीर सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ । जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पानेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ