२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो “जिरो कस्ट अफर”

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक “जिरो कस्ट अफर” घोषणा गरेको छ।

यो लिमिटेड टाइम अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (PMS) को सुविधा पाउनेछन्।

कम्पनीका अनुसार यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ। जसले गर्दा यो अफर नेपालभरका पिकअप प्रेमीहरूका लागि स्मार्ट र किफायती विकल्प बनेको छ। यो अफर ३१ अक्टोबर २०२५ सम्म मान्य रहने कम्पनीले जनाएकाे छ।

निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन्। यी कम्पोनेन्टहरूले गाडीलाई उच्च स्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन्। फोटोनले यी पार्ट्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य कम्पनीले राखेको छ।

तर, ध्यान दिनु पर्ने कुरा के हो भने यो सेवा माथि उल्लेख गरिएका पार्ट्सहरूमा मात्र सीमित रहने कम्पनीले जनाएकाे छ।

टुनल्याण्डलाई नेपाली बजारमा एक शक्तिशाली, टिकाउ र भरपर्दो बहुउपयोगी सवारीका रूपमा विश्वास प्राप्त छ। यो मोडेल लगातार नेपालका सबैभन्दा धेरै बिक्री हुने पिकअपमध्ये एक रहँदै आएको छ।

“जिरो कस्ट अफर”ले फोटोनलाई ग्राहक सन्तुष्टि र भ्यालुमा केन्द्रित हुन अझ प्रतिबद्ध बनाएको कम्पनीले जनाएकाे छ। यस अफर मार्फत कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्दै गाडी किन्न सजिलो र फाइदाजनक बनाउने लक्ष्य लिएको छ।

फोटोनले यो लिमिटेड टाइम अफर मार्फत ग्राहकहरूलाई आफ्नो नजिकको फोटोन शोरूम वा अधिकृत डिलरमा गई अफर सकिनु अघि नै यसको फाइदा लिन निमन्त्रणा गरेकाे छ। “जिरो कस्ट अफर” मार्फत फोटोनले पुनः एकपटक नेपालजस्तो प्रतिस्पर्धी अटोमोबाइल बजारमा आफ्नो नवीनता, भरपर्दोपन र ग्राहक सेवाप्रतिको प्रतिबद्धता प्रमाणित गरेको छ।

त्यस्तै, थप जानकारीका लागि ९८०२३९८४३१ वा ९८०११०७४११ मा सम्पर्क गर्न पनि कम्पनीले अनुराेध गरेकाे छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ