२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका भाँडा बनाउन व्यस्त

सोमवार , आश्विन २७, २०८२

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला बनाउन व्यस्त छन् ।

भक्तपुरको पोर्टरी स्क्वायर स्क्वाएरमा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदाय तिहारमा माटोका पाला लगाएतका भाँडा बनाउन व्यस्त रहेका हुन् । तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको स्थानीय बिनोद कुमार प्रजापतिले बताए ।

उनले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गरे । भक्तपुरमा उत्पादन भएका पाला उपत्यकाका साथै काभ्रे, चितवन धादिङ, नुवाकोट, पोखरा लगाएतका स्थानबाट लिन आउने गरेको प्रजापतिले बताए ।

अहिले बजारमा प्लाष्टिकका दियोहरु आएपनि माटोको पालाको मागमा भने कुनै कमि नआएको उनको भनाइ छ । पहिलेको बर्षका तुलनामा यस बर्ष माटोको पालाको भाउमा कुनै तलमाथि नभएको उनीहरुले जनाएका छन् । भक्तपुरका स्थानीय प्रजापतिले अन्य समयमा पनि गमला, खुत्रुके लगाएत माटोका सामानहरु बनाउदै बिक्रिबितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट