२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

गोदारले विपिनको फोटो पोष्ट गर्दै लेखे : दुई वर्षको आशा आज अन्त्य भयो

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपालका लागि इजरायलका पूर्वराजदूत हानान गोदारले हमास आक्रमणमा ज्यान गुमाएका नेपाली युवक विपिन जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ भनेर सम्झेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

गोदारले लर्न एण्ड अर्न कार्यक्रमका लागि जोशी इजरायल प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको फोटो सार्वजनिक गर्दै लेखेका छन्, “दुई वर्षको आशा आज अन्त्य भयो।” उनले जोशीलाई पहिलो भेटका आधारमा “आफ्नो परिवार, समुदाय र देशका लागि केही योगदान गर्न चाहने ऊर्जावान विद्यार्थी” को रूपमा चित्रण गरेका छन्। गोदारले विपिनलाई सधैं सम्झिरहने उल्लेख गरेका छन्।

२०२३ असोजमा हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी वेपत्ता भएका थिए। लामो समयसम्म खोजीकार्य जारी रहे पनि उनको अवस्था अज्ञात रहँदै आएको थियो।

इजरायली पक्षले मंगलबार हमासबाट फिर्ता लिइएको एक शवलाई विपिनको हुन सक्ने आशंकामा नेपाली अधिकारीलाई हस्तान्तरण गरेको छ। अब डिएनए परीक्षणपछि औपचारिक पहिचान निश्चित गरिने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। पहिचान सार्वजनिक भएपछि मात्र शव परिवारलाई बुझाइने तयारी भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट