२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

सुन तस्करी प्रकरण: पूर्वसभामुख महराको थुनछेक बहस आज

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्नता आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि काठमाडौं जिल्ला अदालतमा आज थुनछेक बहस हुँदैछ। बहसपछि न्यायाधीशले धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश जारी गर्नेछन्।

नेपाल प्रहरीले आइतबार महरालाई पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते दायर गरेको मुद्दामा उनलाई ८ करोड ५५ लाख रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको माग गरिएको छ।

२०७९ पुसमा विमानस्थलमा बरामद गरिएको भेपमार्फत ९ किलो सुन भित्र्याउन सहयोग पुर्याएको र भन्सारमा दबाब दिएको आरोप महरामाथि छ। यसअघि उनका छोरा राहुलसहित अन्यलाई मतियार बनाइ मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट