२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरे लाइन काटिने, कात्तिक २ गतेसम्म अन्तिम म्याद

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड फिडरको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्ने निर्णय गरेको छ। प्राधिकरणले बक्यौता तिर्न उद्योगहरूलाई कात्तिक २ गतेसम्म अन्तिम म्याद दिएको छ।

प्रवक्ता राजन ढकालका अनुसार, “अहिलेसम्म कुनै उद्योगले बक्यौता तिर्न आएको छैन। केही उद्योगी छलफलका लागि आएका छन्। बक्यौता तिर्नु विकल्प छैन, नतिरे सबैको लाइन काटिनेछ।” प्राधिकरणले राति १२ बजेपछि बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने तयारी सुरु गर्ने जनाएको छ।

ऊर्जामन्त्री कुलमान घिसिङको कार्यभारमा बक्यौता उठाउने निर्णय आएको हो। यसअघि प्राधिकरणले टीओडी मिटर विवरण नभएको कारण उद्योगीहरूले बक्यौता तिर्न अस्वीकार गर्दै आएका थिए। २०७२ माघदेखि २०७५ वैशाखसम्म औद्योगिक ग्राहकहरूले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् प्रिमियम शुल्कमा पाएका थिए।

प्राधिकरणका अनुसार डेडिकेटेड फिडर र ट्रंकलाइनको २३ अर्ब ४४ करोड रुपैयाँमा करिब ६ अर्ब ४० करोड ९२ लाख रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी छ। विगत १० वर्षदेखि समाधान नहुँदा प्राधिकरणको वित्तीय अवस्था कमजोर भएको छ।

हालसम्म सम्राट् र रोल्पा सिमेन्ट बाहेक अन्य उद्योग सम्पर्कमा आएको छैन। विवाद समाधानका लागि अदालतको प्रक्रिया समेत प्रयोग गरिएको भए पनि प्रशासनिक पुनरवलोकनमा जाने कानुनी व्यवस्था अपनाइएपछि मुद्दा खारेज भएको थियो।

प्राधिकरणले बाँकी बक्यौता भुक्तानी गर्न उद्योगीहरूलाई अन्तिम अवसर दिएको छ र नतिर्ने उद्योगहरूको लाइन काट्ने तयारी अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट