२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

विपन्न वर्गका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै काठमाडौं महानगर

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । विपन्न, असहाय र वेवारिसेले नि: शुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन सो कक्ष स्थापना गर्न लागिएको हो ।

यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के.सी. र अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ । त्यस कक्षबाट महानगरपालिकाको फ्री हेल्थ डट काठमाडौँ डट जीओभी डट एनपी https://freehealth.kathmandu.gov.np अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका विरामीहरुलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्याउने काम हुनेछ ।

महानगरपालिकाले २०८० बमोजिम फागुन १ गतेदेखि लक्षित वर्गको निःशुल्क उपचार सेवालाई व्यवस्थापन गरिरहेको छ । महानगरपालिकामा अहिले जनस्वास्थ्य निरीक्षकले यसको संयोजन गरिरहेका छन् ।

यस उपचार सेवामा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्नेछन् । लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त गर्नेछन् । पहिलो विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दोस्रोमा विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा शिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ । तेस्रोमा, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरुले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले शिफारिस गर्नेछ ।

अहिलेसम्म सेवा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्त थैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटी जस्ता शल्यक्रिया गर्नु पर्ने विरामीले अपरेसनको सुविभा लिएका छन् ।

यस्तै फेमिली मेडिसिनअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वाश सम्बन्धी समस्याको उपचार, मुत्र प्रणाली तथा पिसाव सम्बन्धी समस्यामा सेवा लिएका छन् ।

महानगरपालिकाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० शय्या आवद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट