२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता सुरु भएसंगै अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध रिट दायर भएको हो ।

संसद बिघटनबिरुद्ध मंगलबार आधा दर्जन बढि रिट दायर भएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चमा दायर भएका रिटहरुमाथि अध्ययनगरि प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ । रिट दायरकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलले संसद् विघटन संविधानको मर्म, भावना र सर्वोच्च अदालतबाट स्थापित नजिरको विरुद्धमा रहेकाले असंवैधानिक रहेको बताए । उनले संसद भन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने परिकल्पना संविधानले नगरेकाले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदम पनि असंवैधानिक रहेकाले बदरको माग गरिएको जानकारी दिए ।

वर्तमान सरकार काम चलाउन सरकार भएकाले दिर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश पनि माग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट