२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विरगञ्जमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ले भरिएको दिपल एस०५

बिहिवार , आश्विन ३०, २०८२

वीरगञ्ज । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश प्रदेशको महत्वपूर्ण बजार विरगञ्जमा‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको इलेक्ट्रिक एसयुभी दिपल एस०५ सार्वजनिक गरेको छ ।

बुधबार आयोजना गरिएको भव्य समारोहमा विरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह, वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, विरगञ्ज दिपल नोभस ब्रदर्सका अध्यक्ष अनुप अग्रवाललगायतले नयाँ दिपल एस०५ लाई सार्वजनिक गरेका हुन् ।

बुधबार विरगञ्ज्मा सार्वजनिक भएको दिपल एस०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपालीबजारमाचर्चित बन्न सफल मोडेल हो । दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिंग साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफ स्पान छ ।

दिपल एस०५ मादुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ । साथै यसमा‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमासेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।

१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।

विरगञ्जमा दिपलको नयाँ सोरुम, चारदिने टेस्ट ड्राइभ र एक्सचेन्ज

यसै बीच विरगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा नोभस ब्रदर्स प्रा.लि.ले दिपलका अत्याधुनिक इभीको विक्रीवितरण र विक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरु सहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।

कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७आईसीए, स्टाइलिस सेडान एल०७र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनेछन् ।

यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ