काठमाडौं । जीएसी आयोनको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले जीएसीको अर्को नयाँ आयोन युटी ह्याचब्याक गाडी छिट्टै नेपाल भित्र्याउने भएको छ ।
सीजीका अनुसार उक्त ह्याचब्याक गाडी तिहार पछि नेपाल ल्याउन लागिएको हो ।
केके छन् फिचर्स ?
१०० किलोवाट क्षमताको मोटर उपलब्ध यस गाडीले १७६ एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा सेफ्टीको लागि एडास लेभल टु प्रविधि प्रदान गरिएको कम्पनीले जनाएको छ।
यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज दिन्छ। यसमा ३४.८, ४४, ५० र ६० किलोवाट आवर (युनिट) क्षमताका छन्। तर नेपाल आउनेमा कुन भेरियन्ट हुन्छ अहिले केही जानकारी दिइएको छैन। यसमा लिथियम आइरोन फोस्फेट ब्याट्री उपलब्ध छ।
यसको ह्वीलबेस २.७ मिटर, लम्बाई ४.२ मिटर र उचाइ १.५ मिटरको छ।
यसले ‘लिमिटेड’ बन्दै गइरहेको ह्याचब्याक मार्केटमा केही ग्लामर थप्ने कम्पनीको विश्वास छ।
प्रतिक्रिया दिनुहोस