काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा थप पाँचवटा रिट निवेदन दर्ता भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र संसद विघटनविरुद्ध आज थप ५ वटा रिट निवेदन दर्ता भएका हुन् ।
सर्वोच्च अदालतका सहरजिष्ट्रार तथा प्रवक्ता अर्जुन कोइरालाका अनुसार यसअघि ११ वटा रिट निवेदन दर्ता भएका थिए ।
सर्वोच्च अदालत प्रशासनले संवैधानिक इजलासमा नै दर्ता हुने गरी ती निवेदनहरू दर्ता गरेको हो ।
प्रतिक्रिया दिनुहोस