२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हरेक नागरिकले कानून मान्नुपर्छ, केपी ओलीलाई कानून भन्दा माथि बस्ने छुट छैन : गृहमन्त्री अर्याल

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका छन् ।

सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानून मान्नुपर्ने भन्दै कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन् । उपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभइ छानविन आयोगको भएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलले राखेको भनेर आफुले नभनेको उल्लेख गर्दै हातहतियार संग्रह गर्ने चाहना राख्ने केहि दल हुनसक्ने अभिव्यक्ति दिएको स्पष्ट पारे । मुलुक हिंसाको नभइ अहिंशाबाटै अघि बढ्ने भएकाले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरुमा चेत आउनुपर्ने उनको भनाइ छ ।

अर्यालले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको समयमा दीपक खड्का देश बाहिर रहेको र अन्तर्वार्ता प्रकाशित भएका बेला स्वदेश फर्किएको दावी समेत गरे । यसबारे स्वयं खड्कालाई नै प्रश्न गर्न उनले सञ्चारकर्मीलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ