२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

काठमाडौं महानगरले थापाथली चोकमा रहेका अवैध संरचना भत्कायो

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली चोकमा रहेको राममन्दिर परिसर नजिक रहेको अवैध संरचना भत्काएको छ ।

आइतबार महानगरले गुठी संस्थानको जग्गा बनाइएका संरचनामाथि डोजर चलाएको हो । जस अन्तर्गत थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय नजिक रहेको एक खाजा घरलाई महानगरले भत्काएको छ ।

त्यस्तै सोहि स्थानमा गुठी संस्थानको जग्गामा रहेको ट्राफिक प्रहरी कार्यालय समेत भत्काउन खोजेपछि ठूलो संख्यामा नेपाल प्रहरी तैनाथ गरिएको थियो ।

ट्राफिक प्रहरीको आग्रहमा उक्त भवन खाली गर्न सात दिनको समय दिइएको महानगरले जनाएको छ । यसअघि शुक्रबार पनि महानगरले सो क्षेत्रमा रहेका टहराहरु भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट