२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

स्काउट जग्गा विवादः खड्का ल्याण्डलाई ७ दिनभित्र भाडा तिर्न अल्टिमेटम, नतिरे सामान जफत गर्ने

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सोमा निर्माण भएका संरचना प्रयोग गर्ने पक्षलाई सात दिनभित्र बहाल (भाडा) बक्यौता बुझाउन ताकेता गरेको छ।

स्काउटले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिभित्र रकम नबुझाए सम्पूर्ण भवन र सामान जफत गरिने चेतावनी दिएको हो।

सूचना अनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा लिएर सञ्चालन गर्दै आएको छ। तर, लामो समयदेखि भाडा नतिर्दा संस्थालाई “अपूरणीय क्षति” पुगेको स्काउटले जनाएको छ।

सूचनामा भनिएको छ, “उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२०(४) र ६२१ अनुसार जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गरिनेछ। उक्त जफतबाट समेत रकम नपुगेमा बाँकी रकम घर–घराना वा जायजेथाबाट असुल गरिनेछ।”

नेपाल स्काउटको जग्गा कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले कब्जा गर्दै आएको आरोप पनि अघिदेखि लगिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट