२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इटहरीमा एमएडब्लू वृद्धि मोटर्सद्वारा ‘नामी भिगो’को भव्य अनावरण

सोमवार , कार्तिक २४, २०८२

इटहरी । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा नयाँ स्मार्ट इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ सार्वजनिक गरेको छ।

कार्यक्रममा एफएनसीसीआई इटहरीका अध्यक्ष जीवन पराजुली, सिर्जना मोटर्सका प्रबन्ध निर्देशक दीपेन्द्र चौधरी, पूर्वेली यातायातका अध्यक्ष सरोज श्रेष्ठ, एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्त, सेल्स प्रमुख राजेन्द्र सिग्देल र डिलर प्रमुख गोविन्द भुसालले संयुक्त रूपमा मोडेल अनावरण गरे।

डोंगफेंगको Quantum Architecture Platform मा निर्मित नामी भिगोले 99 kW मोटर, 44.94 kWh र 51.87 kWh ब्याट्री विकल्प (क्रमशः 300 र 350 किमि रेन्ज) र 3C Ultra-Fast DC Charging प्रविधिसहित नेपाली बजारमा नयाँ स्तर स्थापन गरेको कम्पनीले जनाएको छ। यसले १८ मिनेटमै ३० प्रतिशत देखि ८० प्रतिशत ब्याट्री चार्ज गर्न सकिन्छ।

यसमा Heaven & Earth Tailgate, Exterior Music Speaker, Music-Sync Ambient Lighting, मेमोरी र वेलकम सीट, तथा 3C फास्ट चार्जिङ प्रणालीजस्ता सेग्मेन्ट–फर्स्ट फिचरहरू छन्। सुरक्षा पक्षमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, Wireless Charging, Multi-Mode Steering, ६ एअरब्याग र हाइ–स्ट्रेन्थ स्टिल बडी समावेश छन्।

नामी भिगो E2 को मूल्य रु. ३८,९९,००० र E2+ को मूल्य रु. ४१,९९,००० तोकिएको छ। प्रारम्भिक अफरअन्तर्गत क्रमशः रु. ३७,९९,००० र रु. ४०,९९,००० मा उपलब्ध हुनेछ।

एमएडब्लू वृद्धि मोटर्सका सिइओ प्रशन्न पन्तका अनुसार, “नामी 01 का सफलतापछि भिगोले पावर, लक्जरी र बुद्धिमत्ताको नयाँ संयोजन प्रस्तुत गर्दै आधुनिक नेपाली जीवनशैलीको प्रतिनिधित्व गर्छ।”

इटहरी क्षेत्रका लागि सिर्जना मोटर्सलाई नामीको आधिकारिक डिलरका रूपमा नियुक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ