काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको समयमा, जीरो इमिसन राइड एनले राजधानीको सातदोबाटो, ललितपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
नयाँ शोरुममार्फत ग्राहकहरूले लुयान र इकुटर ब्राण्डका विद्युतीय स्कुटर अवलोकन, टेस्टराइड, खरिद र बिक्रिपछि सेवासमेत पाउन सक्नेछन्।

कम्पनीले पुराना बाइक वा स्कुटरसँग साटेर नयाँ स्कुटर लिने सुविधा र फाइनान्स विकल्प समेत उपलब्ध गराएको सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले जानकारी दिए ।
कम्पनीले विगत ६ वर्षदेखि 'देशको ऊर्जा, देशमै खपत अभियान' भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र प्रशिद्ध ब्राण्ड 'लुयान' तथा इकुटरका विद्युतीय स्कुटरहरु नेपालमा विक्री गर्दै आएको छ ।

आजभन्दा २८ वर्ष पहिले चीनमा स्थापना भएको लुयान ब्रान्डको विद्युतीय स्कुटर नेपाल भित्रिएको ६ वर्ष पूरा भइसकेको छ । यो अवधिमा लुयानले आफूलाई विश्वासिलो ब्राण्डको रुपमा स्थापित गराएको छ । कम्पनीले ‘देशको ऊर्जा, देशमै खपत अभियान’ भन्ने मूल नाराका साथ ‘लुयान’ तथा इकुटरका विद्युतीय स्कुटरहरु नेपालमा विक्री गर्दै आएको छ ।
लुयानका स्कुटरहरू मोबाइल चार्ज गर्ने पोर्टबाटै सजिलै चार्ज गर्न सकिन्छ । घरमै प्रयोग गरिने र मोबाइल चार्ज गर्न राखिएका ५ देखि ६ एम्पियर वाला चार्जर पोर्टमा यसलाई चार्ज गर्न सकिन्छ। यस्तो चार्जरमा करिब ६ घन्टा राखेपछि स्कुटर फुल चार्ज हुन्छ। एकपटक फुल चार्ज गरेपछि १०० देखि १२० किलोमिटरसम्म रियल राईड माइलेज दिनसक्ने लुयान स्कुटरको विशेषता हो।
प्रतिक्रिया दिनुहोस