काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहकको सुरक्षा सर्वोपरि राख्दै एक महत्त्वपूर्ण ‘सेफ्टी रिकॉल’ अभियान सुरु गरेको छ।
यस अभियानअन्तर्गत सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गरिनेछ।
यो 'सेफ्टी रिकल' अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरुमा समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकहरुको यात्रालाई थप सुरक्षित बनाउनु हो। ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङ्गले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो।
अभियानमा समावेश मोडेलहरूमा ज्याज, अकर्ड, सीआरभी, सिभिक, सिटी र स्ट्रिम रहेका छन्। कम्पनीले दक्ष प्राविधिकहरुद्वारा यी गाडीहरुको एयरब्याग कुनै शुल्क नलिई परिवर्तन गरिदिने व्यवस्था गरेको छ।
गाडीधनीहरूले आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनेर यकिन गर्न र नजिकको आधिकारिक सर्भिस सेन्टरमा तुरुन्तै अपोइन्टमेन्ट लिन कम्पनीले अनुरोध गरेको छ।
जसको लागि -
काठमाडौं:९८०११०८१११, ०१–५१५३५४२ र ५१५३०४१
पोखरा: ९८४६९७७६२९, ९८५६०३३८२८
विराटनगर: ९८५२०२३२१२, ९८०७३०३२१२
बुटवल: ९८५७०३७८७७, ९८०२६२२२८०
वीरगन्ज: ९८०३१५६४३० फोन नम्बरहरुमा सम्पर्क गर्न सक्नेछन् ।
स्याकार ट्रेडिङ्गले ग्राहकहरुलाई सुरक्षित यात्राको सुनिश्चितताका लागि यो अभियानमा सहभागी हुन हार्दिक अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस