२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

हिंसा भड्किन सक्ने भन्दै भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीस्थित कार्यालयमा राखिएको छ।

प्रसाईंविरुद्ध शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको अभियोग लगाइएको छ। आन्दोलनले हिंसा र असुरक्षाको अवस्था निम्त्याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो आन्दोलन नरोकिने घोषणा गर्दै मेची–महाकाली सबैतिर ठप्प पार्ने घोषणा गरेका थिए। उनी र उनका समर्थकहरूले “गणतन्त्र र भ्रष्टाचारको विकल्प” को रूपमा आन्दोलन गर्ने तयारी गर्दै थिए।

उनले “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ” नामक अभियानमार्फत बृहत् नागरिक मुक्ति आन्दोलन घोषणा गरेका थिए र समर्थकहरूलाई मंसिर ७ मा काठमाडौंमा शक्ति प्रदर्शनका लागि आउन आह्वान गर्दै आएका थिए।

प्रसाईंले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरोध गर्दै पूर्व राजा ज्ञानेन्द्र शाह पुनर्स्थापना वा राजतन्त्रको पक्षमा बोल्दै आएका छन्। साथै, उनले बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट असाध्यै चर्को कर असुलिरहेको आरोप लगाउँदै ऋण मिनाहाको एजेन्डा अगाडि राखेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट