२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

प्रसाईं पक्राउसँगै समर्थकहरूले पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने भन्दै उपत्यकामा सुरक्षा कडाइ

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ।

प्रसाईंका समर्थकहरूले पक्राउको विरोधमा सडक प्रदर्शन गर्न सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले राति नै उपत्यकाका सबै प्रहरी युनिटलाई सतर्क रहन सर्कुलर गरेको हो।

प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरिएको हो। मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका प्रसाईं हिंसा भड्किन सक्ने आशंकामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।

उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट