२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पुनःसंचालनमा आयो जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको शोरुम

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । थापाथलीस्थित टाटा मोटर्सको शोरुम पुनः संचालनमा आएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको शोरुम पुनः संचालनमा आएको हो ।

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शोरुम रहेको संरचनाहरु अस्थायी रुपमा पुनःनिर्माण गरेर संचालनमा ल्याएको हो ।

कम्पनीका महाप्रबन्धक सावन्तजंग सिजापतिका अनुसार जेनजी आन्दोलनमा जलेको शोरुमलाई ७० दिनको समयमा व्यस्थापन गरेर पुनःसञ्चालनमा ल्याइएको हो ।

उनले भदौ २३ र २४ गते भएको आन्दोलनपछि शोरुममा धेरै क्षति पुगेको भन्दै यसलाई पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेको बताए ।

उनले भने, ‘हामीले आजबाट यहाँको शोरुमलाई पुनः खोल्दै छौ । भदौ २३ र २४ गते भएको आन्दोलनले शोरुमहरुका जुन क्षति भयो त्यसपछि पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेका थियौं र ७० दिनको समयमा त्यसलाई व्यस्थापन गरेका छौ । आज हामीले हाम्रो शोरुम फिर्ता पाएका छौ ।’

उनले आजैबाट सबै ग्राहक सेवाहरु पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए । भदौ २३ र २४ गते भएको घटनाले कुनै पनि प्रकारको मनोबल नघटेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ