काठमाडौं । ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने उद्देश्यले फोटोनले नेपालभर आफ्टर–सेल्स सेवा प्रणालीलाई विस्तार गर्दै फोटोन टोटल केयर सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार, यो अल–इन–वान सेवा मोडलले सवारी किनेपछि समेत दीर्घकालीन सहयोग, नियमित मर्मत तथा सञ्चालनमा निरन्तर भरोसा प्रदान गर्छ।
फोटोनको सेवा सञ्जाल अहिले देशभर १७ वटा सेवा केन्द्रमार्फत सञ्चालन भइरहेको छ। यसले शहरदेखि ग्रामीण क्षेत्रसम्मका ग्राहकलाई सर्भिसिङ, मर्मत तथा जेन्युइन पार्ट्स सजिलै उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ। प्रशिक्षित प्राविधिक, छिटो प्रतिक्रिया र नजिकबाट प्राप्त सेवाका कारण फोटोनप्रति ग्राहकहरूमा विश्वास बढिरहेको छ।
फोटोन टोटल केयर प्रमिस अन्तर्गत ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा, १००५ जेन्युइन स्पेयर पार्ट्स, वारेन्टी सुविधा, रोडसाइड सहयोग तथा डेडिकेटेड कस्टमर केयर उपलब्ध हुन्छ। यसले सवारी संचालनलाई सुरक्षित, टिकाउ र न्यून डाउनटाइमका साथ राख्न मद्दत गर्ने फोटोनको दाबी छ। नियमित मर्मतदेखि आकस्मिक समस्या समाधानसम्म, कम्पनीका अनुसार, फोटोन प्रयोगकर्ताले छिटो र भरोसायुक्त सेवा पाउनेछन्।
प्रत्येक सेवा केन्द्रमा विशेष रूपमा प्रशिक्षित प्रमाणित प्राविधिक उपलब्ध छन्। जेन्युइन पार्ट्स प्रयोगमार्फत दीर्घकालीन मजबुती, प्रदर्शन र सुरक्षा सुनिश्चित गर्ने फोटोनको भनाइ छ। यसले गाडीको आयु बढाउन तथा कठिन सञ्चालन अवस्थाहरूमा पनि कार्यक्षमता जोगाइराख्न सहयोग गर्छ।
ग्राहकमैत्री दृष्टिकोणलाई प्रवर्द्धन गर्न कम्पनीले सर्भिस क्याम्प, क्विक रेस्पोन्स हेल्पलाइन र प्रोएक्टिभ फलो–अप जस्ता पहलहरू सञ्चालन गर्दै आएको छ। हालै सम्पन्न मेगा मनसुन सर्भिस क्याम्प पनि त्यसमध्ये एक प्रमुख गतिविधि रहेको कम्पनीले जनाएको छ। मनसुन अवधिभर सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत चेकअप, सर्भिसिङ सपोर्ट र विशेषज्ञ परामर्श प्रदान गरिएको थियो।
फोटोनका अनुसार, फोटोन टोटल केयर नेपालमा बढ्दै गएको मोबिलिटी आवश्यकतामा विश्वसनीयता, सेवा गुणवत्ता र देशव्यापी पहुँचका साथ निरन्तर साथ दिने दीर्घकालीन प्रतिबद्धता हो।
प्रतिक्रिया दिनुहोस