२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कोशी एक्सिलेन्स अवार्ड २०२६ : पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

शनिवार , मंसिर २०, २०८२

इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टर्नमा आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा फाउन्डेसनका प्रमुख सल्लाहकार महाप्रसाद अधिकारीसँग अन्तरक्रिया गरेको छ।

फाउन्डेसनको इटहरीस्थित कार्यालयमा अनौपचारिक छलफलको आयोजना गरिएको थियो।

सो क्रममा प्रमुख सल्लाहकार तथा पूर्व गर्भनर अधिकारीले कोशी प्रदेशका लागि यस्तो स्तरको अवार्ड आयोजना गर्नु आफैँमा उत्कृष्ट काम भएको टिप्पणी गरे।

उनले अवार्डलाई पारदर्शी, निष्पक्ष र प्रदेशका लागि अत्यन्त महत्त्वपूर्ण बनाउने लक्ष्यसहित सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। त्यसैगरी, अवार्डका इभेन्ट म्यानेजर सन्तोष धमलाले गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमलाई उत्कृष्ट बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। उनले इभेन्टमा कुनै पनि कमी हुन नदिन आवश्यक सबै क्षेत्र समेटेर तयारी भइरहेको जानकारी दिए।

फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले अवार्डका लागि अहिलेसम्म भएका तयारी र प्रगतिबारे जानकारी गराए।

उनले गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैङ्किङ, खेलकुद, सामाजिक, स्टार्टअप, प्रविधि, बिमा लगायत १३ भन्दा बढी विधामा अवार्ड प्रदान गरिएको उल्लेख गरे।

यस वर्ष भने अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट गरी तीन नयाँ विधा थपिएको पनि बताए। अवार्ड छनोटका लागि संविधान सभा सदस्य पवन शारडाको नेतृत्वमा ४ सदस्सीय निर्णायक समिति समेत बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट