२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

१७औं मानवअधिकार राष्ट्रिय महाभेला सोमबारबाट ललितपुरमा सुरु हुने

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । १७ औं मानवअधिकार राष्ट्रिय महाभेला सोमबारबाट ललितपुरमा सुरु हुने भएको छ ।

मानव अधिकार आयोग र बिभिन्न संघसस्थाहरुको संयुक्त सहकार्यमा मंसिर २२ देखि २८ गतेसम्म नेपाल प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा १७ औं मानवअधिकार राष्ट्रिय महाभेला आयोजना हुन लागेको हो ।

यस बर्ष मानवअधिकार राष्ट्रिय महाभेलाको संयोजन गरिरहेको मानवअधिकारको लागि महिला, एकल महिला समूहले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मानवअधिकारको सम्मान सुशासनको सुनिश्चितता, न्यायमूलक सम्मुन्नत नेपाल भन्ने नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला आयोजना गर्न लागेको जनाएको हो ।

महाभेलामा बिभिन्न १२५ वटा मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संघसंसस्थाहरुको सहभागीता हुने मानवअधिकारको लागि महिला, एकल महिला समूहकी अध्यक्ष शोभा विसीले जानकारी दिइन् ।

नेपाल मानवअधिकारको पक्षराष्ट्र भएको हुँदा नेपालले अन्तराष्ट्रिय क्षेत्रमा गरेको प्रतिवद्धताको कार्यान्वयनसंगै संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पर्याइ सबैको मानवअधिकारको सुनिश्चितता गरि अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको सो संस्थाले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट