२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

ठेकेदारले समयमा काम नगर्दा अर्थतन्त्र र रोजगारीमा असर पर्यो : मन्त्री घिसिङ

मंगलवार , मंसिर २३, २०८२

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे ।

“ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या भएको छ, नेपालको कानुनले कुनै पनि काम ठेक्का विना गर्न दिँदैन, ठेक्का व्यवस्थापन नहुँदा रोजगारी, अर्थतन्त्रमा समेत असर पर्छ,” उनले भने ।

उनले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी नगर्ने र निर्णय नगर्नेलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिए। मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा पनि ठेकेदारहरुको सम्मेलन गर्नुपर्ने अवस्था रहेको धारणा राखे ।

संवादको सुरुआतमै पूर्वाधारविज्ञ एवम् पूर्वसचिव अर्जुनजङ्ग थापाले ठेक्का तोड्ने सरकारी नीति र त्यसको प्रभावका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट