२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

प्रधानमन्त्रीलाई पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह - ‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गरेको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो ।

भेटमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले शान्तिपूर्ण वातावरणमा निर्वाचनका लागि शुभकामना दिएका थिए । उनले भने, “जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ, निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ, हाम्रो शुभकामना छ ।”

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही मङ्सिर १६ गने ९५ वर्षको उमेरमा निधन भएको थियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेको र ती भ्रामक रहेकाबारे प्रधानमन्त्री कार्कीलाई स्पष्ट गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट