२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

लक्ष्मण न्यौपानेको नेतृत्वमा बिहुँकोट जापानको नयाँ कार्यसमिति गठन

बुधवार , मंसिर २४, २०८२

जापान । बिहुँकोट समाज जापानको कान्साई क्षेत्रीय समितिले एघारौँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न गर्दै अध्यक्ष लक्ष्मण न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। नव–निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाले सामूहिक प्रतिबद्धता, समर्पण र दूरदृष्टिले आगामी कार्यकाल स्वर्णिम र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेको छ। साथै केन्द्र र क्षेत्रीय समितिबीचको सहकार्य अझ सुदृढ, नजिक र प्रभावकारी बन्ने अपेक्षा पनि गरिएको छ।

अधिवेशनबाट चयन भएका पदाधिकारीहरूमा अध्यक्ष लक्ष्मण न्यौपाने, उपाध्यक्ष रेशम कँडेल, लक्ष्मण कँडेल र टंक प्रसाद न्यौपाने (राजन), सचिव चेत नारायण कँडेल (कृष्ण), सह–सचिव शन्तोस कँडेल र मेघनाध कँडेल तथा कोषाध्यक्ष ऋषिराम कँडेलसहित सह–कोषाध्यक्ष कृष्ण कँडेल रहेका छन्।

त्यसैगरी सदस्यहरूमा कृष्ण न्यौपाने , देवीलाल कडेल , प्रेम प्रसाद कडेल , हेमनाथ कडेल , कृष्ण न्यूरे , हरिबहादुर क्षेत्री , सञ्जु कडेल सापकोटा, सन्तु सापकोट कडेल, विदुर कडेल, कोपीला कडेल, दिपक कडेल, जनक कडेल चयन भएका छन्।

नयाँ कार्यसमितिले एकताबद्ध भएर समुदायको हित र विकासका लागि प्रभावकारी कार्यक्रमहरू अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट