२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अर्थ मन्त्रालयले भन्यो : ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।

संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच स्थानीय रूपमा उत्पादित वस्तुको ढुवानीमा कर लगाउने अधिकार नरहेको अर्थ मन्त्रालयले जनाएको हो ।

केही स्थानीय तहले आफ्नो मार्ग हुँदै जाने मालसामानमा कर तथा शुल्क लगाउँदै आएका छन् । यस्तो कर असुलीले कृषक र व्यापारीमा नकारात्मक प्रभाव परेको मन्त्रालयले स्पष्ट पारेको छ ।

स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भएको सामानमा केवल बाटो प्रयोग भएको कारणले कर लिन नपाइने स्पष्ट गरिएको छ । यस विषयमा यही मङ्सिर २३ गते अर्थ मन्त्रालयले निर्णय गरेर सबै प्रदेश सरकार र स्थानीय तहलाई जानकारी गराउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले सो निर्णयअनुसार पत्राचार भइसकेको जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट