काठमाडौं । भन्सार एजेन्ट महासङ्घको आन्दोलनका कारण ठप्प भएको विराटनगर भन्सार लगाएत देशभरका भन्सार कार्यालयमा जाँचपासको काम सुचारु भएको छ ।
भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएर आन्दोलन रोकिएसँगै भन्सार जाँचपासको काम सुचारु भएको हो ।
भन्सार ऐनमा गरिएको संसोधनले भन्सार एजेण्ट र उद्योगी व्यवसायीलाई दण्ड जरिवाना लगाएको भन्दै एजेण्टहरुले पेन डाउन गर्दा मंगलबारदेखि भन्सार कार्यालयको काम ठप्प भएको थियो । भन्सार एजेण्टहरुले काम थालेसँगै जाँचपासको काम सुचारु भएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता एवम् भन्सार अधिकृत विमल साहले जानकारी दिए ।
विराटनगर भन्सार कार्यालयबाट दैनिक करिब ३ सय प्रज्ञापनपत्र मार्फत साढे ३ सय गाडीहरु छुट्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस