२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ जना यात्रु घाइते

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । डडेलधुराबाट काठमाडौंतर्फ आएको एक यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे लमही नगरपालिका–१ कौडिया पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बसमा ३८ जना यात्रु सवार रहेकोमा दुर्घटनापछि घाइते २२ जनालाई उद्धार गरी लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बस चालकले ‘पट्टा भाँचिएर सवारी अनियन्त्रित भएको’ बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट