२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

छाउपडी प्रथा हट्दैः बडीमालिकाका सात वडामा छाउ गोठमुक्त घोषणा

बिहिवार , मंसिर २५, २०८२

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ ।

पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो । नगरपालिकाले सातौँ वडाका रुपमा वडा नम्बर ८ लाई बुधबार छाउपडी गोठमुक्त वडा घोषणा गरेको हो ।

वडाका ४५६ घरमा अनुगमनपछि उक्त वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको उपप्रमुख नन्दा थापाले बताइन् ।

कार्यक्रमअनुसार छाउपडी गोठमुक्त घोषणाका लागि ९० प्रतिशत घर गोठमुक्त हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट