२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

गोवामा ज्यान गुमाएका पाँच नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । भारतको गोवास्थित एक नाइट क्लबमा शनिबार राति लागेको आगलागीमा ज्यान गुमाएका पाँच नेपालीको पहिचान पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आगलागीमा कुल २५ जनाको मृत्यु भएको थियो।

गोवा प्रहरीका अनुसार मृतकमध्ये दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल, झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा रहेका छन्। उनीहरूको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए।

चुर्णबहादुर पुनको शव एयर एम्बुलेन्समार्फत गोवाबाट लखनउ हुँदै दाङ पुर्‍याउने तयारी भइरहेको छ। अन्य मृतकको शव पनि घरसम्म पुर्‍याउन नयाँदिल्लीस्थित नेपाली दूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

शनिबार मध्यराति क्लबमा लागेको आगलागी ग्यास सिलिन्डर विष्फोटपछि थप फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। साँघुरा प्रवेश–निर्गम मार्ग, दमकलको ढिलाइका कारण पनि मानवीय क्षति बढेको प्रहरीको भनाइ छ।

घटनामा नाइट क्लबका धेरैजसो मानिस भुइँतला र भान्सातिरै थुनिएर ज्यान गुमाएका थिए। केहीको मृत्यु जलेर र केहीको धुवाँमा निसासिएर भएको प्रहरीले जनाएको छ। क्लबले आवश्यक सुरक्षा मापदण्ड पूरा नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पनि अनुसन्धानले देखाएको छ।

गोवा प्रहरीले क्लबका महाप्रबन्धक सहित चार जनालाई पक्राउ गरेको छ। क्लबका मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता भएको छ भने नियमविपरीत अनुमति दिएको आरोपमा स्थानीय सरकारका तीन वरिष्ठ अधिकारी निलम्बित भएका छन्।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट