२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

आज फेसबुकभरी रातो प्रोफाइल तस्बिर किन छ ? वास्तविकता के हो ?

बिहिवार , मंसिर २५, २०८२

• जनक कडेल/काठमाडौँ ।

आज फेसबुकमा धेरै नेपाली प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइल तस्बिर रातो बनाइरहेका छन्।

यस ट्रेन्डको पछाडि कारण नेपालको ठूलो अनलाइन पुरुष समुदाय फेसबुक ग्रुप MRR (Men’s Room Reloaded) ले ११ डिसेम्बरमा आफ्नो १४औं वार्षिकोत्सवको समयमा समूहका सदस्यहरूले वार्षिकोत्सवमा एकता, समर्थन र समुदायको सन्देश दिने उद्देश्यले रातो Profile Picture प्रयोग गर्न थालेका छन । जसका कारण फेसबुकभर रातो MRR को लोगो सहितको तस्बिरले छाएको देखिन्छ।

सन् २०११ डिसेम्बर ११ मा सुरु भएको MRR अहिले पुरुषहरूको लोकप्रिय फेसबुक समुदाय बनेको छ। सुरुदेखि नै यो समूहले पुरुषहरूले दैनिक जीवनमा भोग्ने समस्या—जस्तै सम्बन्ध, करिअर, मानसिक स्वास्थ्य, तनाव बारे र माइलो गफगाफ खुला रूपमा कुरा गर्न सकिने सुरक्षित स्थान निर्माण गरेको छ।

आपसमा सुझाव, अनुभव र समर्थन साटासाट हुने भएकाले धेरै सदस्यहरूका लागि यो भरोसाको केन्द्र बनेको छ।

सामान्य अनलाइन समूह मात्र नभई, MRR ले रक्तदान अभियान, राहत वितरण, र सामाजिक सहयोग जस्ता मानवियतापूर्ण गतिविधिहरू पनि गर्दै आएको छ |

१४ वर्ष पूरा भएको अवसरमा सदस्यहरूले शुभकामना र धन्यवाद सन्देश सार्वजनिक गरेका छन्। समूहले आगामी दिनहरूमा पनि सामाजिक सहयोग, समुदाय विकास र सुरक्षित डिजिटल वातावरण निर्माणमा निरन्तर काम गर्ने बताएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट