logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोरोना भ्याक्सिनले शरीर ‘चुम्बक’ बनाएको दाबी, के यस्तो हुनसक्छ ?

    कोरोना भ्याक्सिनले शरीर ‘चुम्बक’ बनाएको दाबी, के यस्तो हुनसक्छ ?

    3.7K
    Shares

    काठमाडाैं । काराेना भाइरसकाे भ्याक्सिनका सम्बन्धमा विभिन्न किसिमका टिकाटिप्णी भइरहेका छन् । भारतमा एक व्यक्तिले काेराेना भ्याक्सिनका कारण आफ्नाे शरीरमा स्टिलका सामग्री टाँसिन थालेकाे बताएका छन् । 

    भारत नासिकका अरविन्द सोनारका अनुसार भ्याक्सिनको दुई डोज लगाएपछि उनको शरीरले चुम्बक झैं काम गरिरहेको छ । तर विज्ञहरुले भने भ्याक्सिनका कारण यस्तो भएकाे हाेइन । 

    अरविन्द सोनारले आफ्नो दाबीको वास्तविकता व्यक्त गर्नका लागि एउटा भिडियो सोसल मिडियामा पोस्ट गरेका छन् जसमा उनको शरीरमा सिक्का र फलामका सामान टाँस्सिएको देखिएका छन् । यो भिडियो सोसल मिडियामा भाइरल भएको छ ।

    उनले भने, ‘म आफ्नो छोरासँग यत्तिकै कुरा गरिरहेको थिएँ । मैले कुराकानीकै बीच एउटा यस्तो खबरबारे कुरा गरे जसले मलाई चकित बनायो । छोराले भ्याक्सिन लगाएपछि मानिसको शरीरमा स्टिलका वस्तु टाँस्सिन थाल्छन् भन्यो र होला त भनेर हेर्दा त मेरो पनि त्यस्तै भइरहेको थियो ।’

    Arvind 2.jpg

    यसाे भन्छन् जानकार

    अरविन्द सोनाको शरीरमा फलाम र स्टिलका चिज टाँस्सिन थाले तब उनले आफ्ना डाक्टरलाई यसबारे बताएका छन् । सोनारको दाबी कति वास्तविक छ भन्नेबारे बीबीसी मराठीले अन्धश्रद्धा निर्मूलन समितिका डाक्टर हामिद दाभोलकरसँग कुराकानी गरेका छन् ।

    डाक्टर दाभोलकरका अनुसार ‘शरीरमा सिक्का र भाँडाकुँडा टाँस्सिनु भौतिक विज्ञानको हिसाबले सम्भव छ । यदि छाला ओसिल छ र टाँस्सिनले स्थानमा भ्याक्यूम क्याभिटी बनेको खण्डमा यो सम्भव छ । तर यसलाई खोपसँग जोड्नु सही होइन । हामीसँग काम गर्ने थुप्रै मानिसहरुले यस्तो दाबीको वास्तविकतालाई उजागर गरिरसकेका छन् । ’

    जेजे मेडिकल कलेजका डीन डा. तात्यारावे लहानेले पनि सोनारको दाबी झुठाे भएकाे बताएका छन् । उनले भने, ‘संसारभरी एक अर्बभन्दा मानिसलाई भ्याक्सिन दिइसकिएको छ । कोभिड भ्याक्सिन र शरीरमा स्टिल र फलामका सामान टाँस्सिनुमा कुनै सम्बन्ध छैन । यसलाई भ्याक्सिनसँग जोडेर हेरिनु हुँदैन । भ्याक्सिनमा त्यस्तो कुनै पनि चिज हुँदैन ।’

    – बीबीसी हिन्दीबाट ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend