२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यामाहा नेपालद्वारा बुटवलमा नयाँ 'ब्लु स्क्वायर' शोरूमको उद्घाटन

शनिवार , मंसिर २७, २०८२

बुटवल । यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ, जसको सञ्चालन बाइकर्ज बुटवल प्रा.लि.ले गर्नेछ ।

यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि श्री हिरोशी सेतोगवा सान (निर्देशक, यामाहा मोटर इन्डिया सेल्स प्रा.लि.), विशेष अतिथि विष्णु कुमार अग्रवाल (प्रबन्ध निर्देशक, एमएडब्लु ग्रुप अफ कम्पनीज), वाई.एम.आइ.एस अतिथि राजदीप सिंह ग्रेवाल सान (जिएम – एक्सपोर्ट मार्केटिङ, यामाहा मोटर इन्डिया सेल्स प्रा.लि.), र दीपक कुमार अग्रवाल (कार्यकारी निर्देशक एवम् सिइओ, एमएडब्लु राइड्स प्रा.लि.) सँगै प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएको हो | यसमा ब्रान्डको सम्पूर्ण थ्री एस (3S) पूर्वाधार; सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा अनुभव सुनिश्चित गर्छ ।

तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण र जेनुइन स्पेयर पार्ट्सको लागि डेडीकेटेड स्पेसले सुसज्जित यस शोरूमले उत्कृष्ट सेवा र आफ्टर सेल्स सर्भिस प्रदान गर्दछ । "ब्लु" ले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई प्रतिनिधित्व गर्छ, अनि "स्क्वायर" ले "वान-स्टप खरिद केन्द्र" लाई जनाउँछ | ब्लु स्क्वायरमा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज, राइडिङ गियरहरू एकै ठाउँमा खरिद गर्न सक्छन् । यो आकर्षक वातावरणले ग्राहकहरुलाई प्रिमियम रिटेलको अनुभवका साथै यामाहाको स्टाइल, प्रगतिशील प्रविधि र राइडरको अत्यधिक सन्तुष्टिप्रतिको समर्पणलाई पनि झल्काउँछ।

उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै यामाहाको ब्रान्ड पहिचानको लागि ब्लु स्क्वायरको सिद्धान्त र महत्वमाथि प्रकाश गर्दै भने, "ब्लुले सधैँ यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ DNA को भावनालाई प्रतिनिधित्व गर्दै आएको छ। ब्लु स्क्वायर शोरूम, यस सिद्धान्तलाई वास्तविक बनाउन डिजाइन गरिएको हो। यहाँका तालिमप्राप्त कर्मचारी र प्राविधिकहरूले विश्वस्तरको सेवा दिन्छन् । बिक्रि र सेवा मात्र होइन, ब्लु स्क्वायरले राम्रो आतिथ्य र यामाहाले परिकल्पना गरेको जीवनशैली पनि देखाउन्छ । यसले हाम्रो बाइक, स्कूटर र यामाहा मर्चेन्डाइज मात्र होइन, प्रत्येक यामाहा राइडरको सोच, चाहना र उत्साहलाई झल्कउन्छ ।"

यामाहा मोटर इन्डिया सेल्स प्रा.लि.का निर्देशक हिरोशी सेतोगवाले बाइकर्ज बुटवल टिमलाई सफल शुभारम्भको लागि बधाई दिँदै ग्राहक सन्तुष्टिप्रति यामाहाको अटल प्रतिबद्धतामाथि जोड दिए ।

उनले भने, "यामाहामा ग्राहक सन्तुष्टि सधै हाम्रो पहिलो प्राथमिकता हो | हामी विश्वस्थ छौ कि बाइकर्ज बुटवलले यस क्षेत्रमा यामाहा ग्राहकहरूलाई उत्कृष्ट सेवा र प्रिमियम अनुभवहरू प्रदान गर्न नयाँ स्थर कायम गर्नेछ । हामीलाई विश्वास छ यो ब्लु स्क्वायर शोरूमले यामाहाको विश्वस्थरिय मापदण्डलाई कायम राख्नेछ र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न यामाहा र एमएडब्लु दुवैले पूर्ण सहयोग जारी राख्नेछन् ।"

उपस्थित बिशिष्ठ अतिथिहरुले पनि ग्राहक सन्तुष्टि बढाउन, ब्रान्ड पहिचानलाई बलियो बनाउन, र नेपालमा विश्वस्तरको सेवा प्रदान गर्न यामाहाले निरन्तर गर्दै आएका प्रयासहरूको कदर गरे । ब्लु स्क्वायरको अवधारणा एउटा रिटेल स्पेस मात्र होइन । यसले यामाहाको जीवनशैलीलाई झल्काउँछ, जुन पर्फर्मेन्स, स्टाइल र विश्वास खोज्ने आधुनिक राइडरहरूको आकांक्षासँग मेल खान्छ ।

एमएडब्लु राइड्स प्रा.लि. अन्तर्गतको यामाहा नेपाल देशभर नवप्रर्वधन, प्रिमियम अनुभव र भरपर्दो सेवाको विश्वस्तरिय मापदण्डलाई निरन्तर अघि बढाउन प्रतिबद्ध छ । बुटवल ब्लु स्क्वायर शोरूमको उद्घाटन नेपालमा मोविलिटी र राइडिङको रोमाञ्चलाई नयाँ तरिकाले परिभाषित गर्ने यामाहाको यात्रामा अर्को महत्वपूर्ण कदम बनेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ