logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • भारतमा ७० दिनपछि सबैभन्दा कम सङ्क्रमित

    भारतमा ७० दिनपछि सबैभन्दा कम सङ्क्रमित

    3.1K
    Shares

    नयाँ दिल्ली/एएनआई । भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि एक दिनमा सबैभन्दा कम सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले अवस्था सकारात्मक हुदै गएको भन्दै खुशी व्यक्त गरेको छ । नयाँ सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९३ लाख ५९ हजार १५५ पुगेको पनि मन्त्रालयले जनाएको छ । 

    कुल सङ्क्रमितमध्ये १० लाख ८० हजार ६९० जना अझै पनि सङ्क्रमित अवस्थमै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्लो एक दिनमा ४० हजार ९८१ जना कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार दुई जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भई मृत्यु भएकाहरुको कुल सङ्ख्या तीन लाख ६७ हजार ८१ पुगेको छ । 

    भारतमा अहिलेसम्म सङ्क्रमण मुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ७९ लाख ११ हजार ३८४ पुगेको अधिकारीहरुले जनाएका छन् । यसरी हेर्दा कुल सङ्क्रमित मध्ये ९५।०७ प्रतिशत सङ्क्रमण मुक्त भएको देखिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend