२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

काठमाडौंका फर्महरूमा विभागको छापा, पाँच फर्मलाई जरिवाना

मंगलवार , पौष १, २०८२

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजारका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुमगनका क्रममा विभागले सुमेस ग्लास टे«डर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन टे«डर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही १० हजारका दरले जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ ।

विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रुपमा नै अनुमगन तथा निरीक्षण गर्दै आएको छ । बजारलाई स्वच्छ, मर्यादित बनाउन क्रियाशील रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट