२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

प्रतिनिधिसभा अवरोध गरेर बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो: अर्थमन्त्री डा. वाग्ले

बुधवार , जेठ २७, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा अवरुद्ध पारेर आगामी आर्थिक वर्षको बजेट र आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाउने प्रयास भएको गम्भीर आरोप लगाएका छन् । संसद्‌मा जारी अवरोधका कारण बजेटमाथि खुला छलफल हुन नपाएको फाइदा उठाउँदै स्वार्थ समूहले भ्रमपूर्ण सूचना प्रवाह गरेको उनको दाबी छ ।

swarnim 2.jpg

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी विशेष छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले संसद् ठप्प पारेर बाहिर–बाहिर नियोजित रूपमा आक्रमण भइरहेको बताए ।

swarnim 7.jpg

बजेटमाथि गहन छलफल हुनुपर्ने प्रतिनिधिसभा अवरोध गरियो। त्यसपछि बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो,ू अर्थमन्त्री वाग्लेले समितिको बैठकमा आक्रोश पोख्दै भने, ती तमाम नियोजित आरोप र भ्रमहरूका विषयमा सत्यतथ्य स्पष्ट पार्न नै म आज संसदीय समितिमा उपस्थित भएको हुँ।

swarnim 5.jpg

प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी लिपिकीय वा मौखिक अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलहरूले सदन चल्न नदिएपछि अर्थमन्त्रीले संसदीय समितिबाटै आफ्नो प्रतिरक्षा गरेका हुन् । उनले बजेटका सिद्धान्त, प्राथमिकता र विनियोजनका विषयमा सञ्चारमाध्यम तथा राजनीतिक वृत्तमा उठाइएका प्रश्नहरूको डेटा र तथ्यका आधारमा जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे ।

swarnim wagle 6.jpg

संसद्को मुख्य बैठक प्रतिपक्षीको नाराबाजीका कारण बन्धक भइरहेका बेला अर्थ समितिले भने बजेटसँग सम्बन्धित महत्वपूर्ण सरोकारवालाहरूसँगको छलफललाई समानान्तर रूपमा अघि बढाइरहेको छ ।

swarnim 5666.jpg

संसद्मा जारी राजनीतिक विवादका कारण बजेटमाथिको नियमित छलफल प्रभावित भइरहेका बेला अर्थमन्त्रीको यो अभिव्यक्ति आएको हो ।

swarnim 12222.jpg
swarnim 8.jpg
swssss.jpg
swarnim.jpg
s9.jpg

swarnim 46666.jpg

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट