काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसकाे आयोजनामा तथा बानेश्वर बहुमुखी क्याम्पसको सहकार्यमा लेखा तालिम (Accounting training) उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसमा अध्ययनरत बि.बि.एस. संकायका विद्यार्थीहरूका लागि निशुल्क एक महिना लेखा तालिम (Accounting training) कार्यक्रम औपचारिक रूपमा शुरु भएको हाे।
वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक, उद्यमशीलता तथा रोजगारीसँग जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारीकाे अध्यक्षतामा तथा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काकाे प्रमुख आतिथ्यता रहेको थियाे ।
साथै अतिथिकाे रुपमा बानेश्वर बहुमुखी क्याम्पस प्रध्यापक संघका अध्यक्ष सुधिर रिमाल बिबिएस विभागका प्रमुख अर्जुन आचार्य स्नातकोत्तर एमबिएसका प्रमुख राजेन्द्र प्रसाद दाहाल लगाएतकाे उपस्थिति रहेको थियाे।

कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले बि.बि.एस. संकायका विद्यार्थीहरूका लागि आयोजना गरिएको लेखा तालिम कार्यक्रमले सैद्धान्तिक शिक्षालाई व्यवहारिक ज्ञानसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले वर्तमान प्रतिस्पर्धी समयअनुसार लेखा तथा वित्तीय सीपमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै यस्ता तालिमहरूले विद्यार्थीहरूलाई रोजगारी र उद्यमशीलतामा सक्षम बनाउने विश्वास व्यक्त गरे । स्वतन्त्र विद्यार्थी युनियन र बानेश्वर बहुमुखी क्याम्पसबीचको सहकार्य सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
प्रतिक्रिया दिनुहोस