२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेन्युन अटोसँगको सहकार्यमा होण्डाले भरतपुरमा सुरू गर्यो अत्याधुनिक सर्भिस् सेन्टर

मंगलवार , पौष १, २०८२

भरतपुर । चितवनमा होण्ड कारका ग्राहक वर्गलाई लक्षित गर्दै जेन्युन अटो वर्ल्डले अत्याधुनिक सुविधा सम्पन्न सर्भिस् सेन्टर शुभारम्भ गरेको छ ।

नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिको आधिकारिक सर्भिस् सेन्टरका रुपमा रहँदै सर्भिस् सेन्टर सुभारम्भ गरेको हो । यसअघि जेन्युनले नै टोयटा ब्राण्डको कार तथा गाडीहरूको सर्भिस् तथा स्पेयर विगत १५ वर्षदेखि सेवा दिँदै आइरहेको छ । जेन्युन अटोका अध्यक्ष ईन्द्र रेग्मीका अनुसार अब दुवै जापानिज ब्राण्डका कार तथा गाडीहरूको सर्भिस् एकै ठाउँमा हुनेछ ।

जेन्युन अटो वर्ल्डको अत्याधुनिक सर्भिस् सेन्टरको स्याकार ट्रेडिङका अध्यक्ष सौरम्भ ज्योती र प्रबन्ध निर्देशक सिर्जना जोशीले रिबन काटेर उद्धघाटन गरेका थिए । होण्डाका ग्राहकहरुलाई मध्यनजर गरी वागमती प्रदेशको चितवन आसपासका शहरहरुलाई लक्षित गरीरि होण्डसँग सहकार्य गर्दै अत्याधुनिक सर्भिस् सेन्टर शुभारम्भ गरेको जेन्युन अटो वर्ल्डका अध्यक्ष ईन्द्र रेग्मीले प्रष्ट पारे।

सो अवसरमा बोल्दै स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतीले ग्राहक वर्गहरुको मागलाई ध्यान दिँदै जेन्युन अटोसँगको सहकार्यमा सञ्चालन आएको सर्भिस् सेन्टरले स्पेयर पाट्स र सर्भिसमा विशेष ध्यान दिने बताए । साथै नयाँ कारको लञ्चिङसँगै सोरूम पनि छिटै चितवनमा सञ्चालन हुने जानकारी गराए ।

शुभारम्भसगैँ सर्भिस सेन्टरमा तीन दिने फ्रि सर्भिस क्याम्प सुरू समेत भएको छ । जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडीएस स्क्यानमाका साथै २००१ मोडल देखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरुमा होण्डा सेफ्टी रि कल अन्तर्गत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरेको छ ।

भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी दिएको छ । क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवम् स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निःशुल्क रुपमा गराउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ