काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।
मतदानका लागि प्रतिनिधिहरू लाइनमा बसिरहेका छन् । एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् ।
नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस